मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति – Sagarmathapana:: Online News Portal

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

   २०८१ मंसिर ९ गते  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न  न्यायाधीश कमला पौडेलले अनुमति दिएकी हुन्।

विद्युतीय कारोबार,कीर्ते, र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो।​​

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै