एसीसी यू–१९ पुरुष एसियाकप क्रिकेटका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
काठमाडौं -संयुक्त अरब इमिरेट्स यूएईमा आगामी शुक्रबारबाट सुरु हुने एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।
मंसिर २३ गतेसम्म सञ्चालन हुने एसिया कपमा नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकासँग खेल्नेछ । दोस्रो खेल मंसिर १६ मा बंगलादेशसंग खेल्दा नेपालले समूहको अन्तिम खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट हुँदा, नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका हुन् । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।
हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा













