शनिबार मात्रै क्यानडाबाट फर्किएको दम्पती होटलमा मृत फेला – Sagarmathapana:: Online News Portal

शनिबार मात्रै क्यानडाबाट फर्किएको दम्पती होटलमा मृत फेला

   २०८१ मंसिर ९ गते  

काठमाडौँ । शनिबार काठमाडौँको सिनामंगलस्थित होटलमा मृत फेला परेका दम्पती शनिबार मात्रै क्यानडाबाट फर्किएको खुलेको छ। तर उनीहरु नेपालमा फर्किएको बारेमा भने परिवारलाई पनि जानकारी नभएको पाइएको छ।

शनिबार उक्त होटलमा बसेका उनीहरु आइतबार बिहान मृत फेला परेका थिए। होटलको १२० नम्बरको कोठा शनिबार बेलुका ६ः४५ बजे बुक गरेको पाइएको छ। थप अनुसन्धानन भइरहेको प्रहरीको भनाई छ।

होटल जन्मभूमिको कोठा नम्बर १२० मा सुनसरी घर भएका ३४ वर्षका रमेश माझी र उनकी श्रीमती २९ वर्षकी शर्मिला कुमारी माझी एउटै पासोमा मृत फेला परेका हुन्। कोठाभित्र दुवै जना मृत फेला परेपछि आइतबार बिहान प्रहरीले उनीहरुका परिवारलाई जानकारी गराएको थियो।

त्यसक्रममा मृतकका बुबाआमाले छोराबुहारी नेपाल आएको बारेमा आफूलाई कुनै जानकारी नै नभएको प्रहरीलाई बताएका छन्। परिवारले दिएको जानकारी अनुसार दुवै जना दुई वर्ष पहिले नै क्यानडा गएका थिए।

अहिले परिवार काठमाडौँ आउँदै गरेको प्रहरीले जानकारी दिएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै