आज रिलिज हुने चलचित्र ‘तेल भिसालाई क्यूएफएक्स चेनको ४७ शो – Sagarmathapana:: Online News Portal

आज रिलिज हुने चलचित्र ‘तेल भिसालाई क्यूएफएक्स चेनको ४७ शो

   २०८१ मंसिर ७ गते  

काठमाडौं ।शुक्रबार आज रिलिज हुने चलचित्र ‘तेल भिसालाई

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको हो ।

‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो ।

यो चलचित्रले आईएनआईमा ९, वान सिनेमाजमा ७, बिग सिनेमामा ४ शो पाएको छ ।

विपीन कार्की मुख्य भूमिकामा रहेको ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । विपीन दोहोरो भूमिकामा छन् ।

शंकर घिमिरेले निर्देशन गरेको चलचित्र  अमेरिका र नेपालमा छायांकन गरिएको छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

‘तेल भिसा’ अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।

नेपाली चलचित्रको अहिले राम्रो ब्यापार भई रहेको 
समयमा तेल भिसा’ले कस्तो ब्यापार गर्ने हो यो 
हेर्न बाकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै