थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर टोली स्वदेश फिर्ता
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले पराजित भएको थियो।

दोस्रो खेलमा शनिवार नेपालले अफगानिस्तानलाई २-० ले हराएको थियो। फरर्वाड जिलेस्पीजंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरेका थिए । राष्ट्रिय टोलीमा डेब्यु गरेको १५ वर्षमा रोहितको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।












