लुम्बिनी लायन्स क्लबको एनपिएलमा सहभागी हुने जर्सी सार्वजनिक
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स क्लबले सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।
टोलीका मार्की खेलाडी रोहित पौडेल, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र आनी छोइङ डोल्माले शनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीकोडिजाइन गरिएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको बताइएको छ।

आनी छोइङ डोल्माज्युले भनिन् ,’ संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु।’
ब्राण्ड एम्बास्डर हमालले भने, लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो ।’
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले लुम्बिनीवासीको भावना र लुम्बिनीको ऐतिहासिक
तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी जर्सीको डिजाइन गरेका बताए ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएपल मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।












