काठमाडौंमा “दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम” हुने – Sagarmathapana:: Online News Portal

काठमाडौंमा “दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम” हुने

   २०८१ कार्तिक ३० गते  

काठमाडौं । दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । हिमालयन युवा भोटे कपन काठमाडौं आयोजनामा‘दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम’ आगामी मंसिर १५ गते शनिबार हुने भएको हो ।

देउसी भैलो खेलेर उठाएको रकमले दोस्रो भोटखोला बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको भोटखोला भोटे युवा कपन काठमाडौंका सल्लाहकार छितेन लिङ्बो भोटेले जानकारी दिए।

संखुवासभा जिल्लाको भोटखोला गाँउपालिकाबाट काठमाडौंमा आएर अध्ययन तथा विभिन्न पेशा व्यवसायी गरेर बस्दै आएका युवायुवतीहरुले आफ्नो मौलिक तथा जातीय परम्परागत सांस्कृतिक संरक्षण तथा प्रबद्र्धन गर्न हिमालय भोटे युवाद्वारा भोटखोला दोस्रो बृहत्त सांस्कृतिक कार्यकम गर्न लागिएको उनले बताए ।

आगामी मंसिर १५ गते शनिबार आयोजित बृहत्त सांस्कृतिक कार्यकममा भोटे स्याब्रु नृत्य प्रतियोगिता हुनेछ । स्याब्रु नृत्य प्रतियोगितामा १५ वर्ष देखि २५ वर्षका युवायुवतीले सहभागी हुन पाउने संयोजक वाङछिरिङ खुम्बुवाले बताए ।

कार्यक्रममा छिरीङ भोटे, उमंग लामा, गुरु भोटिया, लेण्डुक ल्होमी नुप्पा र नाम्जा फेक्नाक भोटोलगायत कलाकारको विशेष प्रस्तुति रहनेछ । संयोजक वाङ्छिरिङ खुम्बुवा, सह-संयोजक आकाश लिङ्बो, आर्थिक प्रमुख सन्तोश थिकेपा, व्यावस्थापकको जिम्मेवारी सागर थिकेपालाई दिएको छ।

स्याब्रु नृत्य प्रतियोगिता भोटखोला गाउँपालिकाबाट काठमाडौंमा बसोबास गर्दै आएका आमा समुहले युवायुवतीलाई आफ्नो जातीय संस्कृतिमा नृत्य गर्न सिकाउने छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै