दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सन्जीव गुरुङ पक्राउ – Sagarmathapana:: Online News Portal

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सन्जीव गुरुङ पक्राउ

   २०८१ कार्तिक २५ गते  

काठमाडौं । वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय  सन्जीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरुङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै