माओवादी केन्द्रले आफू नेतृत्वको सरकारले गरेका कामलाई वर्तमान सरकारले समावेश गरेको टिप्पणी गरे – Sagarmathapana:: Online News Portal

माओवादी केन्द्रले आफू नेतृत्वको सरकारले गरेका कामलाई वर्तमान सरकारले समावेश गरेको टिप्पणी गरे

   २०८१ कार्तिक २५ गते  

काठमाडौं । वर्तमान सरकारले आफ्नो एक सय दिनको उपलब्धीमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफू नेतृत्वको सरकारले गरेका कामलाई समावेश गरेको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मकवानपुरको थाहा नगरपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामलाई एमालेले उपलब्धीका रुपमा समावेश गरेको बताउनुभएको हो ।

सत्तारुढ दल नेपाली काँग्रेस र एमालेले आफूलाई सिध्याउन लागि परेको माओवादी अध्यक्ष दाहालले टिप्पणी गर्नुभयो । कसैले चाहँदैमा माओवादी पार्टी समाप्त नहुने उहाँको भनाइ थिये ।

विगतका आफ्ना कमीकजोरीको समीक्षा गरि अगामी निर्वाचनमा बहुमत ल्याउने गरि पार्टी पंक्ति लागि परेको दाहालले दावी गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै