सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन
संसदीय सुनुवाइ बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिस भएका पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन । दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन न्यायाधीशको मुख्य कार्यभार एवं दायित्व हुने र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । न्याय परिषद्को गत असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।काठमाडौं।संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर
जबराले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज
निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदित
हुनु भएको जानकारी दिनुभयको छ । समितिको आज बसेको बैठकले
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।












