चलचित्र पत्रकार प्रकाश सुवेदीलाई आयो अपरिचित नम्बरबाट ज्यानमार्ने धम्की – Sagarmathapana:: Online News Portal

चलचित्र पत्रकार प्रकाश सुवेदीलाई आयो अपरिचित नम्बरबाट ज्यानमार्ने धम्की

   २०८१ कार्तिक २३ गते  

काठमाडौं,  साँढे तीनदशक भन्दा लामो समयदेखि निरन्तर चलचित्र पत्रकारिता गर्दै आएका  चलचित्र पत्रकार प्रकाश सुवेदीले आफुलाई  ज्यानमार्ने धम्की आएको बताएका छन् ।

सुवेदीले केही वर्ष यताबाट एपीवान टेलिभिजनमा रजतपटक र प्रकाश सुवेदी शो सहित दुईवटा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

शुक्रबार दिउँसो ऋचा घिमिरे र शँकर घिमिरेले निर्माण गरेको तथा विपिन कार्की र वर्षा राउतले मुख्य भूमिका निभाएको चलचित्र तेल भिसाको ट्रेलर रिलिज समारोहमा पुगेका पत्रकार प्रकाश सुवेदी त्यो कार्यक्रममा निकै हतास देखिन्थे । यसपटक प्रकाश सुवेदीलाई चलचित्र क्षेत्र भन्दा बाहिरको दुश्मनले आफ्नो ज्यान दिने धम्की दिईरहेको महसुस भईरहेको छ । चलचित्र तेलभिसाका कलकार र निर्माण पक्षलाई शुभकामना दिने क्रममा उनले आफुलाई यसरी अपरिचित नम्बरबाट बारम्बार मर्ने धम्की अएको बताएका हुन् । आफुलाई मार्नको लागि कोहीले २ करोड रुपैयाँको सुपाडी लिएर बारम्बार अपरिचित नम्बरबाट धम्की दिईरहेको पनि सुवेदीले बताएका छन् ।

यसरी बारम्बार अपरिचित नम्बरबाट आफुलाई मार्ने धम्की आएपछि उनी शुक्रबार नै प्रहरी कार्यालय पुगेका छन् । यो धम्कीको बारेमा आफुले शुक्रबार नै प्रहरीलाई भेटेर जानकारी गराएको पनि पत्रकार प्रकाश सुवेदीले बताएका छन् । बिगतमा पनि प्रकाश सुवेदीलाई यस्तो धम्की आउने गरेको थियो । तर यसपटकको धम्की केही फरक भएको पनि सुवेदीले बताएका छन् ।

त्यसो त उनी प्राय विवादमा परिरहने पत्रकार हुन् । चलचित्र क्षेत्रमा खरो पत्रकार भनेर चिनिएका उनी चलचित्र जगतका बास्तविक कुरालाई मिडियामा खुलस्त रुपमा ल्याउने पत्रकार भनेर पनि चिनिने गरेका छन् । सोही कारण आफ्ना धेरै दुश्मन हुने गरेको उनले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै