भ्वाइस अफ नेपाल सिजन ६’मा गायिका मेलिना राई सहित चारजना कोचको टुंगो लाग्यो – Sagarmathapana:: Online News Portal

भ्वाइस अफ नेपाल सिजन ६’मा गायिका मेलिना राई सहित चारजना कोचको टुंगो लाग्यो

   २०८१ कार्तिक २३ गते  

काठमाडौं । ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लागेको छ । चर्चित गायन रियालिटी शो सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।

कोचको रुपमा गायकद्वय उदय सोताङ र राजु लामाको पुनरागमन भएको छ । यसअघि ‘भ्वाइस किड्स’मा कोच बनेकी गायिका मेलिना राईले भ्वाइसमा इन्ट्री गरेकी छन् ।

चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि नयाँ सिजनमा कोचको रुपमा अनुबन्धित भएका छन् । लोकदोहोरी क्षेत्रका यी सर्वाधिक व्यस्त गायकले भ्वाइसमा कोचको रुपमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

नियमहरु पनि पहिलेकै यथावत् रहने भनिएको छ । भ्वाइस अफ नेपालको छैटौं सिजन मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने जनाइएको छ ।

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले चारैजना कोचको टुंगो लागेको  बताए । आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने र १२० जना प्रतिस्पर्धीले यो राउण्डमा प्रतिस्पर्धा गर्ने निर्देशक पौडेलले जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै