काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने
काठमाडौं – काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।
गृहमन्त्री लेखकले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको जानकारी दिनुभयो ।
सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई छानबिन गरिएको उहाँले बताउनुभयो ।












