स्पेनको भ्यालेन्सियामा बाढीमा परि कम्तीमा ५१ जनाको मृत्यु
काठमाडौं -युरोपेली मुलुक स्पेनको भ्यालेन्सिया क्षेत्रमा आएको बाढीमा परि कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
बाढी पीडितको उद्दारको लागि अधिकारीहरुले खटिएका छन् । यद्यपी, आपतकालीन सेवाहरू अझै पनि सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पुग्न सकिरहेको छैन ।
भ्यालेन्सियाका क्षेत्रीय नेताले केही नागरिक दुर्गम स्थानमा बाढीका कारणले अड्कीरहेको बताएका छन् । सामाजिक सञ्जालमा रातभर साझा गरिएका दर्जनौं भिडिओमा नागरिकहरु बाढीमा फसेको देखाइएको छ ।












