साफ फाइनल नेपाल र बंगलादेशबीच आज-खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज हुने दशरथ रंगशाला जाने भएका छन् । फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदै छ ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ ।












