सहकारी ठगी प्रकरणमा सत्तारुढ दलका नेतामाथि छानविन गर्न सरकारमाथि दबाब बढ्दै – Sagarmathapana:: Online News Portal

सहकारी ठगी प्रकरणमा सत्तारुढ दलका नेतामाथि छानविन गर्न सरकारमाथि दबाब बढ्दै

   २०८१ कार्तिक १२ गते  

काठमाडौं। सहकारी ठगीमा सत्तारुढ दलका नेतालाई जोगाउन
खोजिएको भन्दै चर्को आलोचना भइरहेका बेला नेपाली कंग्रेसका 
एक जना महामन्त्रीले सहकारीको रकम अपचलनमा जोडिएका 
एमाले र कंग्रेसका नेतामाथि समेत अनुसन्धान गर्न माग गरेका छन् ।

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने लगायतमाथि कानूनी प्रक्रिया जारी रहँदा विपक्षी दल र नागरिक स्तरबाट सहकारी ठगीमा संलग्न कंग्रेस र एमालेका नेतालाई सरकारले उन्मुक्ति दिएको भनी व्यापक आलोचना भइरहेको छ ।

त्यही बिषयलाई लिएर सरकार र सत्तारुढ दलमाथिको टिप्पणी बढिरहँदा कंग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा सहकारी ठगीको सन्दर्भमा कंग्रेस र एमालेका नेतामाथि समेत छानविन हुनुपर्ने बताउनुभएको हो । कंग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलको नाम लिदै महामन्त्री थापाले कारवाहीका लागि छानविन हुनुपर्ने बताउनुभयो ।

सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेको संलग्नताबारे संसदीय समिति गठनका लागि संसदभित्र र बाहिर दवाव दिन अगुवाइ गरेका कंग्रेस महामन्त्री थापामाथि आफ्नै पार्टीका नेताबारे भने मौन बसेको आरोप लाग्दै आएको थियो । यही पृष्ठभूमिमा थापाले सार्वजनिक कार्यक्रममा बोल्दै कंग्रेसकै नेतामाथि समेत छानविन हुनुपर्ने माग गर्नुभएको हो । कुनै पनि दलका नेतालाई उन्मुक्ति दिन नहुने उहाँको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै