सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुल निर्माण सम्पन्न
रामेछाप जोड्ने पुल निर्माण कार्य नेपाली सेनाले आज सम्पन्न गरेको हो । बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर एकदुईदिन भित्रै यातायात सुचारु हुने सेनाले जनाएको छ ।

पुल निर्माणका लागि आवश्यक सामान मगाउन ढिला भएकाले एक सातामा सम्पन्न हुने पुल निर्माण गर्न दुई साता लागेको प्रमुख सेनानी नारायण तुम्वाहाम्फेले जानकारी दिनुभयो । पुल सडक डिभिजन कार्यालयलाई जिम्मा लगाएपछि यातायत सुचारु हुने उहाँले जानकारी दिनुभयो । 
बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी राखेको छ । भारवहन क्षमता जाँच सम्पन्न गरिएको र अहिले यात्रीहरुलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिएको छ ।












