टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
काठमाडौं : टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ।
आइतबार बिहान ७१ वर्षको उमेरमा उनको डेंगुको संक्रमणबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएका छन्। मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए।
मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्। उनले नेपालमा पर्यटनको प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन्।












