तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन हो । गत बुधबार भदौ ९ गतेदेखि कम्पनीले निष्काशन गरेको आईपीओमा आज आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीले बुधबारदेखि १ सय रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणका लागि छुट्याएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबारसम्म १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३०.६४ गुणा धेरै आवेदन परेको हो ।












