ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधि जिते – Sagarmathapana:: Online News Portal

ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधि जिते

   २०८१ आश्विन १९ गते  

ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै शनिवार कर्णाली यश्विजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधि जितेको छ।

काठमाडौं – शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई  पराजित गर्दै कर्णाली च्याम्पियन बनेको छ।साथै कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् ।

शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो ।

जेनेपले सर्वोत्कृष्ट खेलाडी बन्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । लिगको च्याम्पियन टोली कर्णालीले ७ लाख तथा उपविजेता ललितपुरले नेपाली रुपैया ३ लाख प्राप्त गर्यो । फाइनल खेलको प्लेयर अफ द म्याच समेत जेनेप नै भईन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै