आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन्।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो। बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ६५० रूपैयाँ ६५० पैसा बराबरको रहेको प्रहरीले जनाएको छ।
उनीहरू दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागl राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको डीएसपी अर्यालले बताए।












