हवाई यात्रुको चापसगैं कम्पनिहरुले चर्को भाडा आन्तरिकतर्फको हवाई भाडामा दोब्बर
काठमाडौं – लगातारको अविरल वर्षाका कारण नेपालका सडकमार्ग अवरुद्ध रहेका छन् । त्यसको एउटा मात्र विकल्प रहेकोआन्तरिकतर्फको हवाई भाडामा भने दोब्बर बढेको छ । आन्तरिक हवाई कम्पनिहरुले सामान्य मानवियताको समेत खाल गरेको देखिदैन । व्यापारको अवसरको रुपमा लिँदै चर्को भाडा असुली गरिरहेका छन् ।
काठमाडौंबाट अन्य गन्तब्यमा जान सामान्य अवस्थामा भन्दा अहिले दोब्बर भाडा लिँदै आन्तरिक हवाई कम्पनिहरुले सर्वसाधारणलाई मर्कामा पारेका छन् । काठमाडौं प्रवेशका लागि प्रमुख राजमार्गदेखि प्रादेशिक राजर्गसम्म अवरुद्ध भएकोले आइतबार विहान मौसम खुलेसँगै हवाई यात्रा गर्ने यात्रुको चाप बढेको छ ।स्थलमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने आकासमार्गमा यात्रुको चाप बढेको छ। त्यसका फाइदा आन्तरिक हवाई कम्पनिहरुले लिइरहेका छन् ।
देशका सबै सडकमार्ग पूर्ण रपमा अवरुद्ध भएको बेला हवाई सेवा प्रदायक कम्पनिहरुले भने लुट मच्चाएका छन् । सामान्य अवस्थामा भन्दा अहिले सबै कम्पनिहरुले सबै रुटमा पहिलाको भन्दा दोब्बरभाडा असुली गरिरहेका छन् ।
अहिले ३ दिनसम्म टिकट पाउने अवस्था रहेको देखिदैन । सामान्य अवस्थामा काठमाडौं भैरहवा ४५०० जति पर्ने भाडा अहिले ८५०० भन्दा बढि रहेको छ । हवाई यात्रुको चापसगैं कम्पनिहरुले चर्को भाडा असुली रहेका छन् । अन्य रुटमा पनि त्यहि आधारमा दोब्बर भाडा असुलेका छन् ।
राजधानीसगं बाहिरी जिल्लाको सम्पर्क टुटेको छ भने राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएको फाइदा हवाई कम्पनिहरुले उठाइरहेका छन् । यसको चर्को विरोध सामाजिक सञ्जालमा उपभोक्ताहरुले गरिरहेका छन् ।
देशभरी स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि सहज बनाउनु पर्नेमा कम्पनिहरुले पहिलाको भन्दा बढि भाडा असुल गर्दै व्यापारमा लुट मच्चाइरहेका छन् ।
हाल आन्तरिक उडानमा बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका एयरलाइन्सले सेवा दिँदै आएका छन् ।













