थारु तथा मधेशी समुदायका महिलाले मनाउने जितिया पर्व आज शुरु – Sagarmathapana:: Online News Portal

थारु तथा मधेशी समुदायका महिलाले मनाउने जितिया पर्व आज शुरु

   २०८१ आश्विन ९ गते  

काठमाडौँ। थारु तथा मधेशी समुदायका महिलाले मनाउने जितिया पर्व आज शुरु भएको छ । जितिया असोज महिनाको कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथीमा पर्दछ । आज उनीहरुले चोखो खाने कुरा खाएर नहाय–खाय गरेका छन् । नहायखायलाई लहाइखाएके अर्थात डठकट पनि भन्ने गरिन्छ ।

आज बिहानै सुर्योदय अगाडि नै चराचुरुङगी कराउनु पहिला आड दिने खाने कुरा खाएर भोलि अष्टमीका दिन ब्रत बस्ने प्रचलन छ । साँझपख सामूहिक रूपमा जम्मा भएर जीतबहानको कथा सुन्छन् । नवमीका दिन पारन गर्दै ब्रतालु महिलाले जितिया समापन गर्छन् । आफ्ना सन्तानको दीर्घायु , सुस्वास्थ्य लगायत कामना गर्दै महिलाहरु यस पटक ३६ घण्टासम्म निर्जला, निराहार ब्रत बस्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै