दसैं ,तिहार तथा छठपर्वलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने – Sagarmathapana:: Online News Portal

दसैं ,तिहार तथा छठपर्वलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने

   २०८१ आश्विन ६ गते  

काठमाडौं ।  सरकार र यातायात व्यवसायीबीच आउँदै गरेका चाडवाड दसैं , तिहार तथा छठपर्वलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रिम टिकट छिटट्ट खुलाउने सहमति भएको छ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरु विच सो निर्णय गरेको हो ।

भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहाल सहभागी छलफलमा सडक विभागअन्तर्गतका सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।

बिपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न नेपाल प्रहरीमा आग्रह गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोटिङ गरिनेछ।

यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने निर्णय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै