काभा महिला भलिबल क्लब उपाधि नेपाल पुलिसलाई (बेष्ट लिबेराे – शान्तिकला तामाङ )
काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
उषा भण्डारी, सरस्वती चौधरी सम्मिलित पुलिस अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
१) उषा भण्डारी- प्लेयर अफ द टुर्नामेन्ट + बेष्ट आउटसाईड हिटर
२) सुमित्रा रेग्मी – बेष्ट मिडल ब्लकर
३) शान्तिकला तामाङ – बेष्ट लिबेराे
च्याम्पियन टिम- नेपाल प्रहरी टिम NPC
धेरै धेरै बधाई छ 












