राखेपका नवनियुक्त पदाधिकारीलाई ओलम्पियन र खेलाडी संघद्वारा स्वागत – Sagarmathapana:: Online News Portal

राखेपका नवनियुक्त पदाधिकारीलाई ओलम्पियन र खेलाडी संघद्वारा स्वागत

   २०८३ जेष्ठ ३० गते  

काठमाडौं।नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष तथा बोर्ड सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित खेलाडी संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा बोर्ड सदस्यहरू सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गरिएको हो।

कार्यक्रममा नेपाल ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायत खेलकुद क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

उक्त अवसरमा ओलम्पियन एसोसिएसन र खेलाडी संघले नवनियुक्त पदाधिकारीहरूलाई मायाको चिनोसमेत प्रदान गरेका थिए।

यसैबीच, राखेप बोर्ड सदस्यमा नियुक्त मोनालिशा खम्बू भने रोहिंग्या शरणार्थी समुदायलाई चेस प्रशिक्षण दिन बिहीबार बंगलादेश प्रस्थान गरेकाले कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ।

खेलकुद क्षेत्रको विकास, खेलाडीको हित संरक्षण र संस्थागत सुधारमा नवनियुक्त नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै