चीनद्वारा विश्वकै सबैभन्दा ठूलो अमोनिया बोक्ने जहाज “IVY COVE” सिंगापुरलाई हस्तान्तरण – Sagarmathapana:: Online News Portal

चीनद्वारा विश्वकै सबैभन्दा ठूलो अमोनिया बोक्ने जहाज “IVY COVE” सिंगापुरलाई हस्तान्तरण

   २०८३ जेष्ठ २९ गते  

काठमाडौं।चीनले ९३,००० घनमिटर क्षमताको विश्वकै सबैभन्दा ठूलो Very Large Ammonia Carrier (VLAC) सिंगापुरस्थित Eastern Pacific Shipping (EPS) लाई हस्तान्तरण गरेको छ।

“IVY COVE” नाम दिइएको उक्त जहाज बुधबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। यो जहाज लामो दूरीमा अमोनिया ढुवानी गर्न सक्ने गरी डिजाइन गरिएको हो।

चीनको जियाङनान शिपयार्डमा निर्मित यो जहाज विशेष प्रकारको अत्याधुनिक ग्यास वाहक हो, जसले तरल अमोनिया पूर्ण क्षमतामा बोक्न सक्छ। साथै यसले प्रोपेन र ब्यूटेनजस्ता तरल पेट्रोलियम ग्यास (LPG) समेत ढुवानी गर्न सक्ने क्षमता राख्छ।

विशेषज्ञहरूका अनुसार अमोनिया कार्बन–रहित इन्धन भएकाले यसलाई भविष्यको स्वच्छ ऊर्जा ढुवानी तथा हरित हाइड्रोजन आपूर्तिको महत्वपूर्ण माध्यम मानिन्छ।

यो जहाजलाई अत्याधुनिक प्रविधिसहित निर्माण गरिएको छ, जसले इन्धन खपत घटाउने र कार्बन उत्सर्जन कम गर्ने क्षमता बढाएको बताइएको छ।

EPS ले यो जहाजलाई दीर्घ दूरीको हरित अमोनिया व्यापार तथा ऊर्जा ढुवानीका लागि प्रयोग गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै