डी सिने अवार्डको १७औँ संस्करणमा ‘अञ्जिला’को दबदबा, ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित
काठमाडौं।छाँयाछवी क्रियशनको आयोजनामा निरन्तर आयोजना हुदै आइरहेको डी सिनेअवार्डको १७ औं संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डकोप्रेक्षालयमा आयोजित समारोहले चलचित्रत्र एवं चलचित्रकर्मीहरुलाई प्रोत्साहितगरेको छ । नेपाली चलचित्र उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्नआयोजना गरिएको यस किसिमको अवार्डले सम्पुर्ण चलचित्र, चलचित्र उद्योग, चलचित्रकर्मीलाई प्रोत्साहित गरिरहेको विश्लेशण चलचित्रकर्मीहरुले गरेका छन्।



१७ औं सस्करणको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान पनि प्रदानगरियो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहसम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाटरंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाईपनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकारगोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल , गायिका मिना नेपाली सम्मानित भइन भने कार्यक्रममा व्यवसायी एवंसमाजसेवी विश्वराम माकजु सम्मानित भए ।
कार्यक्रममा सेलेक्सन कमिटि जुरीलाई पनि सम्मान प्रदान गरिएको थियो ।सेलेक्सन कमितिका जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैल, निर्देशक अमरवली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए ।


अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डकाअध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्टपारे । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करण सम्मआइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्डसमारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुउपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्यउपस्थिति थियो ।
कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमकोउद्घोषण निराजन भण्डारीले गरेका थिए ।
२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिनेअवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमश पुर्ण बहादुरकोसारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमाखड्काले पाउन सफल भइन भने सोही अवसरमा उत्कृष्ट चलचित्र अञ्जिला बन्नसफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए । १७औं डी सिने अवार्डमा विजेताहरु यस प्रकार रहेका छन् ।

उत्कृष्ट चलचित्र :
अञ्जीला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि
उत्कृष्ट निर्देशक :
मिलन चाम्स – अञ्जीला
उत्कृष्ट अभिनेता :
विजय बराल – पूर्ण बहादुरको सारङ्गी
उत्कृष्ट अभिनेत्री :
स्वास्तिमा खड्का – बेहुली फ्रम मेघौली
उत्कृष्ट सह अभिनेता :
जीतु नेपाल – कार्साङ
उत्कृष्ट सह अभिनेत्री :
ऋचा घिमिरे – तेल भिसा
उत्कृष्ट चरित्र अभिनय :
राजबल्लभ कोइराला – एक्टर टेक वान
उत्कृष्ट नव निर्देशक :
चन्द्र पन्त – ह्रस्व दीर्घ
उत्कृष्ट लेखन :
लक्ष्मण सुवेदी – सतिदेवी
उत्कृष्ट छायांकार :
पुरुषोत्तम प्रधान – पिताम्बर
उत्कृष्ट सम्पादक :
वन्दे प्रसाद – पिताम्बर
उत्कृष्ट गीतकार :
सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा
उत्कृष्ट संगीतकार :
अर्जुन पोखरेल – कसम बत्तिको – ज्वाइँ साब
उत्कृष्ट गायक :
सविन सुवेदी – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट गायिका :
बेनीशा पौडेल – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट द्वन्द्व निर्देशक :
अष्ट महर्जन – एक्टर टेक वान
उत्कृष्ट नृत्य निर्देशक :
रामजी लामीछाने – जुनिजुनि भरिलाई – दुखी आत्मा
उत्कृष्ट जुरी अवार्ड :
कृषा चौलागाई – पिताम्बर
उत्कृष्ट डायोस्पोरा चलचित्र :
शंकर घिमिरे – तेलभिसा












