सुम्निमा पारुहाङ्ग प्रतिमा निर्माण अभियानमा किराया युएइको सहभागिता
काठमाडौं । धरान उप महानगर पालिका का प्रमुख हर्क साम्पाङ्ग ले शुरु गर्नु भएको सुम्निमा पारुहाङ्ग प्रतिमा निर्माण अभियान मा किरात राई यायोक्खा युएइ ले सहभागिता जनाउने भएको छ ।
बिगत लामो समय बाट आफ्नो भाषा सस्कृती ,पहिचान र सामाजिक अस्तित्व को लागी काम गरी रहेको नेपाल आदिबासी जनजाती महासङ्घ युएइ शाखा सँग आबद्द रहेर अगाडी बडी रहेको एक सकृय सस्था किरात राई यायोक्खा ले आफ्नो भाषा भेष भुषा कला र सस्कृती को साथै जातिय पहिचान को लागी भिभिन्न कार्यक्रम हरु गरी रहे को छ ।
सास्कृतिक कार्यक्रम ,धार्मिक कार्यक्रम्, कोशी प्रदेश नाम खारेजी को माग लगायत बिभिन्न परोपकारी र सामाजिक सहयोग भाषा धर्म पहिचान को लागी जनचेतना मुलक अभियान हरु गर्ने गरेको छ । यही अनुरुप धरान उप महानगर पालिकाका प्रमुख हर्क साम्पाङ्गले शुरु गर्नु भएको सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियान मा पनि अब किराया यु ए इ शाखा ले अगाडी बड्न को लागी एक कार्ययोजना र टिम गठन गरिएको किराया युएइ शाखाको अध्यक्ष राज संगम राइ ले जान्कारी दिनु भयो । उक्त टिम मा निम्नानुसार सदस्य रहेको पनि अध्यक्ष राइ ले बताउनु भयो :
सुम्निमा पारुहाङ अभियान को किराया युएई टिम :-
– संरक्षक – राज संगम राई ( किराया युएई अध्यक्ष )
– संयोजक – अर्जुन साम्पाङ राई ( किराया युएई उपाध्यक्ष )
– सह-संयोजक – आर जे किराती ( किराया युएई प्रवक्ता )
– सुम्निमा पारुहाङ प्रतिस्ठान केन्द्र नेपाल समन्वय कर्ता – मुम्चे राई ( किराया युएई सल्लाहकार तथा स्मारिका प्रकाशन संयोजक )
– प्रचारप्रसार विभाग प्रमुख – बुद्दि मेवाहाङ राई ( किराया युएई सल्लाहकार )
किराया जातिय सस्था भए पनि जात ,क्षेत्र वा समुदाय मा मात्र सिमित नहुने र अन्य सामाजिक कार्य मा युएइ मा हुने र भएका समस्या हरु मा कुनै जात धर्म ,क्षेत्र नहेरी समस्या को समाधान र सहयोग को काम गर्दै आइ रहेको र अन्य जातिय छेत्रीय सस्था लगायत एन आर एन ए युएइ ,नेपाली समाज यु ए इ जस्ता सामाजिक सस्था हरु सँग पनि सहकार्य गरी रहेको र आउदो दिन हरु मा पनि सहकार्य गर्दै अगाडी बड्ने किराया युएइ का पुर्ब अध्यक्ष बुद्दी मेवाहाङ राइ ले बताउनु भयो । तेस्तै सामाजिक काम लगायत किराया युएइले बिभिन्न समय मा शिप मुलक र ब्याक्तित्व बिकास ,पत्रकारिता, समाचार लेखन , उद्घोशण तालिम जस्ता कार्यक्रम हरु पनि गर्ने गरेको र आगामी दिन हरु मा पनि नया नया काम हरुको योजना रहेको जस अनुसार स्मारिका प्रकाशण गर्ने , बिशिस्ट ब्याक्तित्व हरु को जिबनी तयार गर्ने बारे मा किराया युए इ शाखा अगाडी बढी रहेको र काम भइ रहेको किराया युएइ का प्रबक्ता आर जे किराती ले जानकारी दिनु भयो ।












