अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरु अमेरिका जान नपाउने
काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।












