नागढुंगा–नौबिसे सडक एकतर्फी सञ्चालनमा – Sagarmathapana:: Online News Portal

नागढुंगा–नौबिसे सडक एकतर्फी सञ्चालनमा

   २०८१ भाद्र ५ गते  

काठमाडौं ।  पहिरोका कारण आज विहानदेखि अवरुद्ध भएको नागढुंगा–नौबिसे सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नागढुंगा सडक निर्माण अन्तर्गत पुर्वी खण्डका इन्जिनियर तुलाकान्त चौधरीले पहिरो पन्छाएर अपरान्ह ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो ।

नागढुंङ्गा नजिक झ्याप्लेखोला छेउमा पहिरो जाँदा सवारी आवागमन रोकिएको थियो । सडकखण्ड एकतर्फी सञ्चालनमा आएसँगै सवारी साधनको आवतजावत पनि सुरु भएको इन्जिनियर चौधरीले बताउनुभयो । बर्षासँगै पहिरो जाने क्रम नरोकिएकाले सवारी चलाउँदा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । नागढुंगाबाट नौबिसेतर्फको झन्डै ७ सय मिटर तलको सडकमा पहिरो खसेको हो । विहान १० बजेदेखि बाटो अवरुद्ध भएपछि दुवैतर्फ सयौं गाडी रोकिएका छन् ।

यसैबीच नेपालबाट मौसमी प्रणाली बाहिरिन करिव डेढ महिना लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत जेठ २८ बाट शुरु भएको सक्रीय मौसमी प्रणाली असोज १६ सम्म जारी रहने महाशाखाको अनुमान छ । बाग्मती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा सम्भावित बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न मौसमविद्हरुले आग्रह गरेका छन् । यस्तै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, एवं सडकमा समेत असर गर्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै