तिज गित “यस्सो मेसो मिलाएर” सार्वजनिक
काठमाण्डौ। गलकोट नगरपालिका वडा नं २, नरेठाँटी घर भई हाल अमेरिकामा रहनु भएका “लामलाम पिरती” गितका गायक तथा सर्जक छविराज सुनारले अभिनय गर्नुभएको मौलिक तिज गित “यस्सो मेसो मिलाएर” सार्वजनिक भएको छ !
नन्द, भाउजु अमाजु संगै मिलेर नाच्ने हो भन्ने सकरात्मक सन्देश दिने उक्त गितमा ज्योती गुरुगं, छविराज सुनार, सन्जु खनाल, रोसन गुरुगं, रन्जु खनाल र सलिन भन्डारीको नृत्य साथै अभिनय रहेको छ भने भिडियो निर्देशन शिव वि.क.ले गर्नुभएको छ। बरिष्ठ गितकार लिलु गुरुगंको शब्द रहेको गितमा नन्दु परियारको लय, सुदिप सागरको एरेन्ज रहेको छ भने स्वर मिठो आवजकी धनी गायिका समिक्षा अधिकारी, नन्दु परियार र सुदिप सागरको रहेको छ !












