मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ,भक्तपुरस्थित निवासबाट नियन्त्रणमा – Sagarmathapana:: Online News Portal

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ,भक्तपुरस्थित निवासबाट नियन्त्रणमा

   २०८२ फाल्गुन ५ गते  

काठमाडौँ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई सोमबार भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार प्रसाईंलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान अघि बढाइएको छ। यसअघि माघ २३ गते पनि उनी पक्राउ परेका थिए। त्यतिबेला हाजिर जमानीमा रिहा भएका प्रसाईंलाई निर्वाचनसम्बन्धी अभिव्यक्तिका विषयमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।

प्रहरी स्रोतका अनुसार फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रभावित पार्ने गतिविधि सुरु गर्न सक्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो। यसअघि माघ ५ गते पनि उनलाई पोखराबाट पक्राउ गरी सोधपुछपछि छाडिएको थियो।

प्रसाईंको पछिल्लो पक्राउबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै