किरात राई सुम्निमा संघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन – Sagarmathapana:: Online News Portal

किरात राई सुम्निमा संघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

   २०८२ फाल्गुन २ गते  

काठमाडौं।किरात राई सुम्निमा संघ केन्द्रीय कार्यसमितिको तेस्रो महाधिवेशन २०८२ फागुन १ गते काठमाडौंमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संघको तेस्रो मुखपत्र पनि सार्वजनिक गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा युवराज राई उपस्थित थिए भने विशेष अतिथिका रूपमा दिवस राई सहभागी भएका थिए। त्यस्तै अतिथिहरूमा डा. सुमाया राई, माननीय तथा संघका सल्लाहकार दुर्गा राई लगायत विभिन्न संघ–संस्था, लेखक, पत्रकार तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यसप्रकार रहेको छः

महाधिवेशनको सफल आयोजनाका लागि अग्रज, संस्थापक, सल्लाहकार, साधारण सदस्य, भातृसंगठन, पत्रकार तथा देश–विदेशका शुभेच्छुकहरूलाई निवर्तमान अध्यक्ष राजश्री राई ले धन्यवाद तथा आभार व्यक्त गरेकी छन्। साथै उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै