अमेरिकी दूतावासद्वारा ‘फ्रिडम २५०’ अभियान सुरु,नेपालभर वर्षभरि कार्यक्रम सञ्चालन हुने – Sagarmathapana:: Online News Portal

अमेरिकी दूतावासद्वारा ‘फ्रिडम २५०’ अभियान सुरु,नेपालभर वर्षभरि कार्यक्रम सञ्चालन हुने

   २०८२ माघ २९ गते  

काठमाडौं।नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा ‘फ्रिडम २५०’ अभियान औपचारिक रूपमा सुरु गरेको छ।स्वतन्त्रता, नवप्रवर्तन र सिर्जनशीलताका सिद्धान्तलाई उजागर गर्ने उद्देश्यसहित अभियान सार्वजनिक गरिएको हो।

हालै अमेरिकी दूतावासका चार्जे डी’अफेयर्स स्कट अर्बोमले अमेरिकन सेन्टरमा नेपाल–यूएस एलुम्नी नेटवर्क (नुसान) का सदस्यहरूसँग भेटघाट गर्दै नेपालका सबै अमेरिकन स्पेसहरूमा ‘फ्रिडम २५०’ अभियानको शुभारम्भ गरेका थिए।

अभियानको कार्यान्वयन साझेदारका रूपमा नुसानले नेपालभर रहेका सातवटा अमेरिकन स्पेसमार्फत वर्षभरि सांस्कृतिक, शैक्षिक तथा विषयगत कार्यक्रमहरू सञ्चालन गर्नेछ।ती कार्यक्रमहरूले अमेरिकी इतिहासका महत्वपूर्ण क्षणहरूलाई प्रस्तुत गर्दै स्वतन्त्रता, लोकतान्त्रिक मूल्य, नवप्रवर्तन र सिर्जनशीलताको २५० वर्षको यात्रालाई उजागर गर्ने दूतावासले जनाएको छ।

अभियानमार्फत विगतको सम्मान,वर्तमानसँगको सक्रिय संलग्नता र साझा भविष्यतर्फ सकारात्मक दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखिएको छ। अमेरिकी दूतावासले कार्यक्रममा सहभागी हुन र आगामी गतिविधिहरूमा जोडिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै