‘स्त्री २ ले अग्रिम बुकिङमा करोडौं कमाइयो
काठमाडौं / स्त्री- २ ले अग्रिम बुकिङ मार्फत करोडौं रुपैयाँ कमाएको छ । सकनिल्कको रिपोर्टका अनुसार ‘स्त्री- २’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ ।
अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।
फिल्मको ९७१४ शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ । मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।












