थ्री स्टार हाइड्रोपावरले १२ करोड ३१ लाखको आईपीओ निष्काशन गर्दै – Sagarmathapana:: Online News Portal

थ्री स्टार हाइड्रोपावरले १२ करोड ३१ लाखको आईपीओ निष्काशन गर्दै

   २०७८ श्रावण २५ गते  

 

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीका लागि नेपालपत्र धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा साउन १७ गते निवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालययन क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै