रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश – Sagarmathapana:: Online News Portal

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

   २०८२ माघ ६ गते  

काठमाडौं।सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमा निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ताले गरेको निर्णयको सक्कल फाइल छलफलका लागि पेस गर्न आदेश गरेको हो।

आदेशमा भनिएको छ,महान्यायाधिवक्ताले मिति २०८२ पुस ३० मा गरेको निर्णयसहितको सक्कल फाइल,जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगमा रवि लामिछाने समेत उपर दायर मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाण पेस भएको भए ती प्रमाणहरूको समेत सक्कल प्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाई फिर्ता लैजाने गरी झिकाई सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसहित अन्य प्रतिवादीहरूको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिने निर्णय गरेकी थिइन्।सो निर्णयविरुद्ध रिट दायर भएपछि सर्वोच्चले सक्कल फाइल झिकाउने आदेश दिएको हो।

साथै,सर्वोच्च अदालतले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ, जसका कारण अब सुनुवाइ छिटो टुंगिने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै