बर्दिया-१ बाट नागरिक उन्मुक्ति पार्टीको टिकट अब्दुल खानलाई – Sagarmathapana:: Online News Portal

बर्दिया-१ बाट नागरिक उन्मुक्ति पार्टीको टिकट अब्दुल खानलाई

   २०८२ माघ ५ गते  

बर्दिया।नागरिक उन्मुक्ति पार्टी नेपालले बर्दिया क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री आदरणीय अब्दुल खानलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी (टिकट) प्रदान गरेको छ।

टिकट प्राप्त गर्नुभएको अवसरमा पूर्व मन्त्री खानलाई पार्टीका नेता–कार्यकर्तासहित समर्थकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।अनुभवी, जनमुखी र विकासप्रेमी नेताका रूपमा परिचित खानको उम्मेदवारीले बर्दिया–१ मा राजनीतिक प्रतिस्पर्धा थप रोचक बनेको छ।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक न्याय, समावेशिता र क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै