निर्माता–निर्देशक सुबाश गुरुङ र जुना गुरुङको नयाँ लोक दोहोरी भिडियो सार्वजनिक – Sagarmathapana:: Online News Portal

निर्माता–निर्देशक सुबाश गुरुङ र जुना गुरुङको नयाँ लोक दोहोरी भिडियो सार्वजनिक

   २०८२ माघ २ गते  

काठमाडौं- नेपाली लोक दोहोरी संगीत क्षेत्रमा अर्को नयाँ सिर्जना थपिएको छ। लोक दोहोरी गीत ‘माछी बस्यो खोलीको लेवैमा’ को भिडियो हालै सार्वजनिक भएको छ।

गीतका शब्द, लय तथा एरेन्ज चर्चित सर्जक शिव कनौजे मगर ले तयार पारेका हुन्। गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक सुबाश गुरुङ (गणेश) ले स्वर दिएका छन्। ग्रामीण परिवेश, लोक संस्कृतिको मिठास र परम्परागत दोहोरी भावनालाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस गीतले दर्शक–श्रोता मन जित्ने अपेक्षा गरिएको छ।

भिडियोमा मोडल जुना गुरुङ को आकर्षक अभिनय देख्न सकिन्छ भने निर्देशनको जिम्मेवारी अनुभवी निर्देशक प्रकाश भट्ट ले सम्हालेका छन्। छायांकन स्थल, कथावस्तु र प्रस्तुतिले दर्शकको मन छुने निर्माण पक्षको दाबी छ।

उक्त गीतको भिडियो Subash Gurung YouTube Channel मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले गीतले दर्शक तथा श्रोता माझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।

नेपाली लोक दोहोरी संगीत प्रेमीहरूका लागि यो गीत विशेष आकर्षणका रूपमा आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै