इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित,महासचिवमा भवनाथ हुमागाईं – Sagarmathapana:: Online News Portal

इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित,महासचिवमा भवनाथ हुमागाईं

   २०८२ पुष २९ गते  

काठमाडौं।शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को नयाँ नेतृत्व चयन भएको छ। सोमबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट लक्ष्मण पौडेल (एन्ड्र्यु) अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा भवनाथ हुमागाईं विजयी भएका छन्।

अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा पौडेलले ३४१ मत प्राप्त गर्दै तत्कालीन महासचिव दीपक राज भुषाललाई पराजित गरेका हुन्। पौडेल यसअघि इक्यानका प्रथम उपाध्यक्ष थिए।


महासचिव पदका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। भुषाल प्यानलबाट उम्मेदवार बनेका भवनाथ हुमागाईंले पौडेल प्यानलबाट उम्मेदवार जीआईईसीका प्रबन्ध निर्देशक नवराज केसी खत्रीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

यस्तै, उपाध्यक्ष पदमा विकल्पराज पोखरेल, वासुदेव दाहाल र गीता सिवाकोटी निर्वाचित भएका छन्। सचिव पदमा भएको प्रतिस्पर्धाबाट सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन्। सो पदमा भूपाल केसी र एलबी तामाङ पनि उम्मेदवार रहेका थिए।

कोषाध्यक्ष पदमा साधना पुदासैनी निर्वाचित भएकी छन्। उनले भुषाल प्यानलकी उम्मेदवार उमा खड्कालाई पराजित गरेकी हुन्। सह–कोषाध्यक्ष पदमा भने भुषाल प्यानलका गोविन्द खनाल र पौडेल प्यानलका भीमबहादुर थापाबीच प्रतिस्पर्धा भएको थियो।

सदस्य पदतर्फ अशोककुमार हाथी, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, संजीव पाण्डे, उद्धव बान, कमलप्रसाद तिमिल्सिना, बसन्त पाण्डे, दिनेश पौडेल र शिवप्रसाद अर्याल निर्वाचित भएका छन्।

इक्यानको २१ सदस्यीय कार्यसमितिमध्ये १८ पदमा निर्वाचन भएको हो भने बाँकी दुई सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ। निवर्तमान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुई वर्षे कार्यकाल पूरा भएपछि नयाँ नेतृत्व चयन गरिएको हो।

निर्वाचनमा दुई प्यानल बनाएर प्रतिस्पर्धा गरिएको थियो। देशभर रहेका ७०० भन्दा बढी आबद्ध शैक्षिक परामर्श उद्यमीमध्ये करिब ६०० जनाले मतदान गरेका थिए। हाल इक्यानका देशभर आठवटा शाखा सञ्चालनमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै