काठमाडौं विश्वविद्यालयमा फिल्म अध्ययनमा स्नातकोत्तर कार्यक्रम सुरु – Sagarmathapana:: Online News Portal

काठमाडौं विश्वविद्यालयमा फिल्म अध्ययनमा स्नातकोत्तर कार्यक्रम सुरु

   २०८२ पुष २९ गते  

काठमाडौं।नेपाली चलचित्रकर्मी हरूका लागि खुसीको खबर छ।अब चलचित्र अध्ययनमा स्नातकोत्तर (मास्टर्स) तहको पढाइ नेपालमै सम्भव भएको छ।नेपाली चलचित्र क्षेत्रलाई औपचारिक शैक्षिक संरचनासँग जोड्ने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय (KU) ले फिल्म अध्ययन तथा अध्यापनमा मास्टर्स कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलन मार्फत आगामी फेब्रुअरी महिनादेखि स्नातकोत्तर तहमा चलचित्र अध्ययन कार्यक्रम औपचारिक रूपमा सुरु हुने जानकारी दिइयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले नेपाली चलचित्रको गुणस्तर र व्यावसायिकता अभिवृद्धिमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्डले विश्वका विभिन्न विश्वविद्यालय तथा शिक्षा मन्त्रालयसँग गरिरहेको पहलको परिणामस्वरूप यो कार्यक्रम सम्भव भएको जनाइएको छ।बोर्डले निकट भविष्यमा काठमाडौं विश्वविद्यालय सँग सहकार्यका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने र विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, समिक्षक समाजका अध्यक्ष सामीप्य तिमल्सिना सहित विभिन्न चलचित्रकर्मी हरूको उपस्थिति रहेको थियो।सहभागी वक्ताहरूले नेपालमै उच्चस्तरीय फिल्म शिक्षा सुरु हुनु नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका लागि कोसेढुंगा सावित हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै