पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर, तीन दिनसम्म इभी अपग्रेडको अवसर – Sagarmathapana:: Online News Portal

पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर, तीन दिनसम्म इभी अपग्रेडको अवसर

   २०८२ पुष ४ गते  

काठमाडौं।जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमास ले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार उक्त कार्यक्रम पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५) पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्टमा सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर अत्याधुनिक प्रोटोन ईमास इभीमा अपग्रेड गर्ने अवसर पाउनेछन्।

एक्सचेन्ज अफर अवधिभर ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवा सुविधा तथा आकर्षक अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य रु. ४६.९९ लाखबाट सुरु हुने छ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउण्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ। साथै, उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ।

यस विशेष एक्सचेन्ज अफरमार्फत पोखरा तथा आसपासका ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै