श्रीकृष्ण चलचित्र भवन, तेर्सापट्टी पोखरामा आज‘तेनो कुर्सी (ढोग भेट)’ प्रदर्शन हुँदै – Sagarmathapana:: Online News Portal

श्रीकृष्ण चलचित्र भवन, तेर्सापट्टी पोखरामा आज‘तेनो कुर्सी (ढोग भेट)’ प्रदर्शन हुँदै

   २०८२ मंसिर २७ गते  

पोखरा-गुरुङ समुदायको मौलिक संस्कृति र परम्परालाई पर्दामा उतारेको चलचित्र ‘तेनो कुर्सी (ढोग भेट)’ आज दिउँसो १२ बजे पोखराको श्रीकृष्ण चलचित्र भवन, तेर्सापट्टी मा प्रदर्शन हुँदैछ।

यसअघि पोखरामा सम्पन्न प्रदर्शनहरूमा दर्शकबाट सकारात्मक प्रतिक्रिया र उत्साहजनक साथ पाएको यस चलचित्रले गुरुङ संस्कृतिको जीवन्त चित्रण, सामाजिक सन्देश र भावनात्मक कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ।


चलचित्रका लेखक तथा निर्देशक सुबास गुरुङ ले सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूलाई आजको विशेष प्रदर्शनमा उपस्थित भई चलचित्र हेर्न हार्दिक निमन्त्रणा गर्नुभएको छ।

गुरुङ संस्कृति, परम्परा र नेपाली समाजको यथार्थ कथालाई नजिकबाट अनुभूति गर्न चाहने दर्शकका लागि ‘तेनो कुर्सी (ढोग भेट)’ हेर्नैपर्ने चलचित्रका रूपमा प्रस्तुत गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै