मिलन चाम्सले खोजे नयाँ नायिका सोल गुरुङ ‘सुम्निमा’ मार्फत डेब्यु गर्दै – Sagarmathapana:: Online News Portal

मिलन चाम्सले खोजे नयाँ नायिका सोल गुरुङ ‘सुम्निमा’ मार्फत डेब्यु गर्दै

   २०८२ कार्तिक २५ गते  

काठमाडौँ।नेपाली चलचित्रका सफल निर्देशक मिलन चाम्सले नयाँ अनुहार लाई नेपाली रजतपटमा डेब्यु गराउँदै छन्।उनका निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’मार्फत सोल गुरुङ नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन्।

लामो समयदेखि लन्डनमा बस्दै आएकी सोल गुरुङले यसअघि केही म्युजिक भिडियोमा मोडलिङ गर्दै अनुभव बटुलेकी थिइन्।अब उनले आफ्नो अभिनय यात्रा‘सुम्निमा’बाट सुरु गर्न लागेकी हुन्।

चलचित्रको पहिलो चरणको छायांकन हालै लन्डनमा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको सुटिङ नेपालमा हुने बताइएको छ। निर्देशक चाम्सका अनुसार,‘सुम्निमा’नारीकथाभन्दा बढी एक शुद्ध लभ स्टोरी हुनेछ,जसमा अन्तर्राष्ट्रिय दर्शकलाई समेत लक्षित गरिएको छ।

चलचित्रमा सोल गुरुङसँगै कुन्साङ बमजन,अनुप विक्रम शाही,धिरेन शाक्य,माओत्से गुरुङ,सुरज तमु,आकाश सुनुवार,सलिना थापा र सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।


गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्रको कथा राजीव थापाले लेखिरहेका छन्।

मिलन चाम्सले यसअघि विर विक्रम,लिली बिली,ब्लाइण्ड रक्स, बबी, गोर्खा वारियर र अञ्जिला जस्ता सफल चलचित्रहरू निर्देशन गरिसकेका छन्।विशेष गरी अञ्जिलाले व्यापारिक र समीक्षात्मक रूपमा नेपाली फिल्म उद्योगमा नयाँ कीर्तिमान कायम गरेको थियो।

यो नयाँ परियोजना सँगै चाम्सले फेरि एकपटक नेपाली फिल्म उद्योगमा नयाँपन र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति ल्याउने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै