राष्ट्रपति पौडेलद्वारा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल कार्तिक २४ गतेको निर्णय र सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा(१)को खण्ड (ख) बमोजिम भण्डारीलाई पदमुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भण्डारीलाई २०८२ कार्तिक २५ गतेदेखि पदमुक्त गरिएको उल्लेख छ।













