Promoting Disability Inclusive Agrifood System in Nepal”विषयक FAO कार्यक्रम काठमाडौंमा सम्पन्न
काठमाडौं।खाद्य तथा कृषि सङ्गठन (FAO) ले आयोजना गरेको “Promoting Disability Inclusive Agrifood System in Nepal” विषयक कार्यक्रम राजधानीस्थित होटेल एभरेस्ट, काठमाडौंमा सम्पन्न भएको छ।


कार्यक्रममा बोल्दै (FAO Country Representative for Nepal Ken Shimizu )FAO का नेपालका देशीय प्रतिनिधि केन शिमिजु (Ken Shimizu) ले नेपालमा अपाङ्गता र समावेशी कृषि–खाद्य प्रणाली कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “नेपालको हावा–पानी, वातावरण र माटो कृषि उत्पादनका लागि अत्यन्त उपयुक्त छन्। हामी सबैलेनेपालमै धेरै सम्भावनाहरू साकार गर्न सक्छौं, यदि सरकार, कृषक र सरोकारवालाबीच सहकार्यको वातावरण बनाइयो भने।



कार्यक्रममा अपाङ्गता भएर पनि व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आउनु भएकी सिरहा जिल्लाकी रेनु यादव ले आफ्नो अनुभव बाँड्दै भन्नुभयो कि, उहाँले “भवानी कृषक समूहमार्फत ५०० वटा परियोजनाबाट सहयोग प्राप्त गर्दै उत्पादकता बढाउनेकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको” बताउनुभयो।
त्यस्तै बाके जिल्लाका सिप्रस (सायपत्री) फूलका किसान कर्ण बहादुर थापाले पनि आफ्नो व्यवसायिक यात्रा, सामना गर्नुपरेका चुनौतीहरू र प्राप्त उपलब्धिहरू बारे अनुभव साझा गर्नुभयो।


कार्यक्रमको अर्को आकर्षण “Identifying Actionable Entry Points for Inclusion” शीर्षकमा समूहगत छलफल थियो, जहाँ सहभागीहरूलाई ६ वटा फरक समूहमा विभाजन गरी, प्रत्येक समूहले आफ्ना प्रस्तुतीहरू मार्फत अपाङ्गता समावेशी कृषि प्रणालीमा अपनाउन सकिने व्यावहारिक उपायहरू प्रस्तुत गरे।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई कृषिमा समावेश गर्ने सम्भावना, अवसर र नीतिगत सुधारका दिशाहरू पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।












