मन बिनाको धन’ लाई ‘युनिभर्सल सर्टिफिकेट’, कार्तिक २१ गतेदेखि देशव्यापी प्रदर्शन – Sagarmathapana:: Online News Portal

मन बिनाको धन’ लाई ‘युनिभर्सल सर्टिफिकेट’, कार्तिक २१ गतेदेखि देशव्यापी प्रदर्शन

   २०८२ कार्तिक १९ गते  

काठमाडौं।नेपाली चलचित्र ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यस सर्टिफिकेटसहित अब यो चलचित्र सबै उमेरका दर्शकले सहजै हेर्न सक्ने भएका छन्। चलचित्र यहि कार्तिक २१ गते (शुक्रबार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ।

चलचित्रको सेन्सर मंगलबार सम्पन्न गरिएको थियो। सेन्सर बोर्डका अधिकांश सदस्यहरूले बाल कलाकार अशोक दर्जी केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रको विषयवस्तु र प्रस्तुति दुवैलाई उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

निर्देशक टंक बुढाथोकी निर्देशित यस चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। निर्देशक बुढाथोकीले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई ठूलो हौसला दिएको बताए।

‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भन्ने संदेश बोकेको यो चलचित्र अशोक दर्जीको जीवनमा आधारित सामाजिक कथा हो। बुढाथोकीले अशोकलाई आफू सँग राखी उनको जीवन र कलालाई नयाँ दिशा दिएका हुन्।

चलचित्रको कथा, निर्माण र निर्देशन स्वयं टंक बुढाथोकीकै रहेको छ भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। संगीत पनि टंककै रहेको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रकी निर्माता विष्णुमाया मैनाली, कार्यकारी निर्माता सपना शर्मा (सपना), सह-निर्माता जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे हुन्। टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन्।

छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ, र सहायक निर्देशन नवराज शर्माले गरेका छन्। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै