चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक, अशोक दर्जीको जीवनकथामा आधारित भावनात्मक कथा – Sagarmathapana:: Online News Portal

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक, अशोक दर्जीको जीवनकथामा आधारित भावनात्मक कथा

   २०८२ कार्तिक १४ गते  

काठमाडौँ-राजधानीमा बुधबार एक विशेष समारोहबीच नयाँ नेपाली चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा बालगायक अशोक दर्जीको सडकबाट संगीतको सफलता हासिल गर्ने प्रेरणादायी यात्रालाई मुख्य कथा बनाइएको छ।

ट्रेलरमा अशोक दर्जीको सडकमा गीत गाउँदै माग्दै हिँड्ने अवस्थादेखि लोकप्रिय संगीतकर्मी बन्ने यात्रा भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ।चलचित्रले बर्तमान समाजमा ‘मन र धनको टकराव’ र ‘मानवताको मूल्य’ लाई केन्द्रीत गरी कथा बुनेको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको निर्माण तथा निर्देशन टंक बुढाथोकीले गरेका हुन्। बुढाथोकी स्वयंले कथा लेखेका छन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक रहेका छन्।

चलचित्र टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा, निर्मात्री विष्णुमाया मैनाली, कार्यकारी निर्मात्री सपना शर्मा (सपना) र सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे रहेका छन्।

संगीत टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, र सम्पादन मित्र डी. गुरुङले गरेका छन्।

चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

‘मन बिनाको धन’ अशोक दर्जीको वास्तविक जीवनका संघर्ष र सफलता सँगै नेपाली समाजको संवेदनशील पक्षलाई उजागर गर्ने प्रयासका रूपमा हेपिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै