प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो त्रिपक्षीय बैठक बोलाइन्
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे बालुवाटारमा सरकार, राजनीतिक दलहरू र जेनजी अगूवाहरूबीच त्रिपक्षीय बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा पछिल्ला राजनीतिक परिस्थिति, राष्ट्रिय सहमति निर्माणका प्रयास र आगामी राजनीतिक कार्यक्रमहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू, जेनजी समूहका प्रतिनिधि तथा सरकारका उच्च अधिकारीहरूको उपस्थित रहने तयारी भएको छ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय हितका विषयमा साझा समझदारी कायम गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउँदै, “संविधान कार्यान्वयन र सुशासन प्रवर्धनका लागि सबै पक्ष एक ठाउँमा आउनुपर्छ” भन्ने सन्देश दिँदै बैठक आह्वान गर्नुभएको हो।
बालुवाटार स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा भनेको हालको राजनीतिक अवरोध समाधान र आगामी नीति–कार्यक्रममा साझा धारणा बनाउने रहनेछ।












